भारत : ऋण आवेदन अस्वीकार हुँदा ग्राहकले बैंकमा लगाइदिए आगो, १२ लाखको क्षती

बाइलाइन नेपाल
२७ पुष २०७८, मंगलवार १६:४२

भारतको कर्नाटकस्थित हावेरी जिल्लामा एक व्यक्तिले बैंकमा आगो लगाइदिएका छन् । बैंकले उनको ऋण आवेदन अस्वीकार गरेका कारण उनले यस्तो कदम उठाएको भारतीय सञ्चार माध्यमले बताएका छन् । आरोपीको नाम वसिम हजरतसाब मुल्ला हो ।

रिपोर्टका अनुसार वसिमले केनरा बैंकको हेदुगोन्डा ब्रान्चमा ऋणको निवेदन दिएका थिए तर उनको सीआईबीआईएल स्कोर कम भएका कारण उनको आवेदन अस्वीकार गरिएको थियो । त्यसपछि वसिम रिसाउँदै शनिबार बैंक पुगे । उनले बैंकको एउटा ढोका खोले र बैंकमा पेट्रोल छरेर आगो लगाइदिए ।

जल्यो १२ लाखको सामानः

प्रहरीका अनुसार आगलागीमा करिब १२ लाख भारुको क्षती भएको छ । पाँच कम्प्युटर, पङ्खा, बत्ती, पासबुक प्रिन्टर, क्यास काउन्टिङ मेसिन, दस्तावेज, सिसिटिभीसमेत क्यास काउन्टरमा क्षती पुगेको छ । प्रहरीले आरोपी वसिमलाई पक्राउ गरेको छ र उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

के हो सीआईबीआईएल स्कोर ?

सीआईबीआईएल स्कोर तीन अंकको नम्बर हो, जसले तपाईंको क्रेडिट हिस्ट्री र रेटिङबारे जानकारी दिन्छ । यो ३ सय देखि ९ सयको बीचमा हुन्छ । जति तपाईंको क्रेडिट स्कोर हुन्छ, त्यति नै तपाईंको क्रेडिट रेटिङ राम्रो मानिन्छ । धेरै क्रेडिट स्कोरको अर्थ तपाईंले ऋण सजिलै पाउन सक्नुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*