बालबालिकालाई ललितपुरका कुन स्थानीय तहमा कहिले लगाइन्छ कोरोनाविरुद्धको खोप ?

बाइलाइन नेपाल
२७ पुष २०७८, मंगलवार १२:५२

ललितपुरमा ६ वटा स्थानीय तहका स्कुले बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु भएको छ । मंगलबारदेखि माघ दुई गतेसम्म १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिने निर्णय गरेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

खोप अभियान बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गरिने भएको छ । ललितपुरका एक महानगर, दुई नगरपालिका र तीन वटा पालिकाका विद्यालयमा खोप अभियान सञ्चालन गरिने भएको हो । ललितपुर महानगरपालिका पौष २७ देखि माघ २ गतेसम्म बालबालिकाले खोप दिइनेछ । यस्तै, जिल्ला स्वास्थ्य कार्यालयका अनुसार महालक्ष्मी नगरपालिका २७ देखि माघ ४ गतेसम्म खोप दिइनेछ भने गोदावरी नगरपालिका २७ अर्थात् आजदेखि माघ ३ गतेसम्म विद्यालयबाट दिइने छ ।

यस्तै, कोँज्यासोम गाउँपालिका पुष २७ देखि २९ गतेसम्म बालबालिकाले कोरोना विरुद्धको फाइजर खोप पाउनेछन् । महाँकाल गाउँपालिकामा २८ गते खोप लगाइने छ । यस्तै बागमती गाउँपालिका पौष २७ देखि ३० गतेसम्म खोप लगाउने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*