हार्दिक आईपीएलको नयाँ टोली अहमदाबादको कप्तान बन्ने

बाइलाइन नेपाल
२७ पुष २०७८, मंगलवार ११:४४

आईपीएल २०२२ का लागि अहमदाबाद फ्रेन्चाइजीले हार्दिक पाण्ड्यालाई कप्तान बनाउने तयारी गरेको छ । मुम्बई इन्डियन्सले आगामी सिजन पाण्ड्यालाई रिटेन गरेको छैन ।

सन् २०१९ मा इंग्ल्याण्डमा खेलिएको एकदिवसीय विश्वकपपछि पाण्ड्या फिटनेससँग जुझिरहेका छन् । उनले ढाडको अपरेशन गरे पनि बलिङका लागि फिटनेश हासिल गर्न सकिरहेका छैनन् । आईपीएलको पछिल्लो सिजनमा पनि उनले बलिङ गरेका थिएनन् । टी–२० विश्वकपको सुरुवाती खेलमा पनि उनले बलिङ गरेनन् जसका कारण उनले भारतीय टिमबाट आफ्नो स्थान गुमाउनुपर्‍यो । मुम्बईले पनि उनलाई रिटेन गरे ।

विश्लेषकहरुका अनुसार पाण्ड्या गुजरातका हुन् र स्थानीय फ्यानमा उनको लोकप्रियतालाई हेर्दै फ्रेन्चाइजीले उनलाई कप्तान बनाएको हो । पाण्ड्याका साथै अहमदाबादले राशिद खानलाई पनि टोलीमा भित्र्याउने बताइएको छ । पछिल्लो सिजन हैदराबादबाट खेलेका राशिदले आफूलाई टोलीबाट अलग गरेका थिए । इन्डियन प्रियिमर लिगमा आगामी सिजनमा कूल १० टोली खेल्नेछन् । यो सिजन पुरानो टोलीसँगै लखनऊ र अहमदाबाद यो सिजन थपिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*