उद्योग संघ मकवानपुरमा प्याकुरेलको नेतृत्व

बाइलाइन नेपाल
२७ पुष २०७८, मंगलवार ०८:१३

हेटौंडा। उद्योगसंघ मकवानपुरको २० औँ साधरण सभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ । हेटौंडामा भएको साधारण सभाले स्वागतराज प्याकुरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा बद्रीनाथ शर्मा, द्वितिय उपाध्यक्षमा श्रीहरि मास्के, महासचिव किशोर अर्याल, सचिव सुयशराज पराजुली, कोषाध्यक्ष श्याम ढकाल, सहकोषाध्यक्ष बुद्धराज अर्याल चयन भएका छन् ।

यस्तै सदस्यहरु सबिता पौडेल, सविना सिटौला, हरिहर अर्याल, दिवश चौलागाई ,शिरमणि प्याकुरेल, सम्राट सिंह, सृजन कोइराला, शरदचन्द्र भट्टराई र नितिन जयन चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*