कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएसँगै शिक्षामन्त्री आइसोलेसनमा

बाइलाइन नेपाल
२६ पुष २०७८, सोमबार १६:३५

शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि होम आइसोलशेनमा बसेका छन् । उनको कोरोना परीक्षणका लागि मंगलबार स्वाब दिइएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उनमा आइतबारदेखि कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको छ भने साँझसम्म रिपोर्ट आउने बताइएको छ । अहिले उनी क्वार्टरमै आरामरत रहेको मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए । माओवादी केन्द्रको महाधिवेशनपछि भीआईपीस्तरमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*