बलिदानी दिवसमा मधेस आन्दोलनका शहीद परिवारलाई तीन लाख रुपैयाँ दिइने

बाइलाइन नेपाल
२६ पुष २०७८, सोमबार १५:३०

प्रदेश २ को सरकारले मधेस आन्दोलनमा शहीद भएका परिवारलाई तीन लाख रुपैयाँसम्म सहयोगस्वरुप रकम वितरण गर्ने योजना सार्वजनिक गरेको छ ।सोमबार राजविराजमा नेपाल पत्रकार महासंघ सप्तरीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र साहले मधेस आन्दोलनमा शहीद भएका परिवारलाई २५ हजार रुपैयाँ देखि तीन लाख रुपैयाँसम्म रकम वितरण गर्ने योजना रहेको बताएका हुन् ।

आउँदो माघ ५ मा प्रदेश सरकारले बलिदानी दिवस मनाउने तयारी गरेको छ । यस पटकको बलिदानी दिवस कार्यक्रममा राजविराजमा मनाउने भन्दै प्रदेश सरकारले ५७ जना शहीदका परिवारलाई तीन लाख रुपैयाँ र मधेस आन्दोलनमा घाइते भएकालाई २५ हजारदेखि तीन लाख रुपैयाँसम्म उपलब्ध गराउने अर्थमन्त्री साहले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*