आत्महत्या दुरुत्साहन अभियोगमा १ जना पक्राउ

बाइलाइन नेपाल
२५ पुष २०७८, आईतवार १७:३०

आत्महत्या दुरुत्साहन कसूरमा संलग्न रहेको अभियोगमा स्याङ्जामा एक जना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका-१४ लामागे बस्ने टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेको घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने उजुरीका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर आत्महत्या दुरुत्साहन कसूरमा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*