२० लाख नदिए ज्यान मार्ने धम्की दिने पक्राउ
२० लाख रुपैयाँ नदिए ज्यानै माने धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँमा बस्ने २६ वर्षीय पदम काफ्ले रहेका छन् ।
सञ्जिव भन्ने पदमलाई प्रहरीले बुधबार कलंकीबाट पक्राउ गरेको हो । उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको र काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

बाइलाइन नेपाल











