काँग्रेस कैलाली सभापतिमा बडुवालको उम्मेदवारी

बाइलाइन नेपाल
२२ पुष २०७८, बिहीबार १४:१०

नेपाली काँग्रेस कैलाली जिल्ला सभापतिका लागि भीम बडुवालले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार कैलालीमा पत्रकार सम्मेलन गरी बडुवालले सभापतिका लागि आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।

काँग्रेस कैलालीलाई ‘हाम्रो र राम्रो’ बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । उनले लोकतन्त्रको संस्थागत विकास गर्दै आउने चुनावमा कैलालीका ५ वटै निर्वाचन क्षेत्रबाट काँग्रेसलाई जिताउन लागिपर्ने समेत बताए । बडुवाल नेपाली काँग्रेस संस्थापन पक्षका हुन् । अधिवेशन माघ १५ गते हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*