विमलेन्द्र निधिको प्यानलबाट धनुषा सभापतिमा योगेन्द्रको उम्मेदवारी

बाइलाइन नेपाल
२१ पुष २०७८, बुधबार १७:३४

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले नेपाली काँग्रेसको धनुषा जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनी पूर्व उपसभापति विमलेन्द्र निधि समूहका हुन् । पार्टीलाई बलियो बनाउन र आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना लिएर आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । उनले काँग्रेस पार्टी सुदृढीकरणका लागि आफूले ध्यान दिने पनि बताए । लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाका क्रममा विभिन्न समूह देखिए पनि चुनावपछि सबै एक हुने उनको भनाइ छ ।

प्रदेश २ का ८ जिल्लालगायत देशभरका १६ जिल्लामा नेपाली काँग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ । जिल्ला अधिवेशन माघ १५ गते गर्ने जनाइएको छ ।

धनुषा जिल्ला अधिवेशनमा काँग्रेसको करिब ४ हजार मतदाता छन् । जिल्ला सभापतिमा संस्थापन पक्षबाट वर्तमान उपसभापति सन्तोष यादव, पूर्व सांसद दिनेश प्रसैला यादव र वर्तमान सचिव विश्वेश्वर यादवसमेत आकांक्षी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*