भारतमा पछिल्लो २४ घण्टामा ३७,३७९ नयाँ कोरोना संक्रमित, १२४ को मृत्यु
पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३ सय ७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो अवधिमा १२४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
भारतमा संक्रामकताको दर ३.२४ प्रतिशत छ र यतिबेला कोभिड–१९ का कुल सक्रिय मामिला १,७१,८३० पुगेका छन् जबकी यो महामारीका कारण हालसम्म देशमा ४,८२,०१७ जनाको मृत्यु भएको छ ।
केन्द्र सरकारले हालसम्म राज्य र केन्द्र शासित प्रदेशलाई १५२.९६ करोडभन्दा बढी कोभिड भ्याक्सिनको डोज दिएको छ र १९.६९ करोडभन्दा बढी भ्याक्सिनको डोज अहिले पनि राज्य र केन्द्र शासित प्रदेशसँग उपलब्ध छ ।

बाइलाइन नेपाल











