मानव बेचविखन मुद्दाका फरार आरोपी ३० वर्षपछि पक्राउ

बाइलाइन नेपाल
१९ पुष २०७८, सोमबार १५:२३

मानव बेचविखन मुद्दाका फरार आरोपी नुवाकोट सूर्यगढी गाउँपालिका–२ घर भएका ५० वर्षीय टेकबहादुर लामिछानेलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । पुस ११ मा उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका–४ लोलाङ हाईटबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

काठमाडौं नयाँबजार डेरा गरी बस्ने महिलाको श्रीमान बिरामी भएर अस्पतालमा बसेको मौकामा टेकबहादुरले उनलाई ‘श्रीमती बनाउँछु, दुःख गर्नुपर्दैन’ भनेर ललाई फकाई २०४९ जेठ ३० मा काँकडभिट्टा हुँदै भारतको नयाँदिल्ली लगेर बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । दिल्लीमा लगेर उनले पीडितलाई दुईजना महिलालाई ३५ हजार लिएर जिम्मा लगाएका थिए ।

आफु बेचिएको थाहा पाएपछि ती महिला २०४९ असार १६ मा भागेर नेपाल आउन सफल भएकी थिइन् । २०४९ कात्तिक २६ मा पीडितले टेकबहादुर विरुद्ध जिल्ला प्रहरी काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*