सिरहाका एसपी पाण्डेको ९ महिनामा सरुवा, तिमिल्सिनालाई जिम्मेवारी

बाइलाइन नेपाल
१९ पुष २०७८, सोमबार ११:५१

सिरहाका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई ९ महिनामा त्यहाँबाट सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सिराहाको प्रहरी प्रमुखमा एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई पठाएको छ । तिमिल्सिना काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत थिए । पाण्डेलाई काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाण्डे २०७८ वैशाखमा सिरहा गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*