सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा १ युवकको मृत्यु

बाइलाइन नेपाल
१८ पुष २०७८, आईतवार १६:२१

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्य भएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको भे २ त ११५७ नम्बरको ट्याक्टर दुर्घटनामा परि २१ वर्षीय भुवन शाहीको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार वीरेन्द्रनगर ७ नागमोडमा भएको दुर्घटनामा दैलेखको महाबु गाउँपालिका ५ का शाहीको मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज उपेन्द्र प्रसाद आचार्यले बताए ।

उनले भने, ‘ट्याक्टर मोडबाट ५० मिटर तल खसेको थियो । ट्याक्टरमा सहचालक सहित तीनजना अन्य पनि सवार रहेका थिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*