काठमाडौंको तिनथानाबाट ५ जना जुवाडे पक्राउ

बाइलाइन नेपाल
१६ पुष २०७८, शुक्रबार १४:२८

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ स्थित तिनथानाबाट प्रहरीले ५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । तिनथानामा रहेको बाग भैरब मिटसपको माथिल्लो तलामा छापा मारेर जुवा खेल्नेहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  बताए ।

पक्राउ पर्नेमा पाल्पा घर भएका बसन्त प्रसाद गैरे, अर्घाखाँची घर भएका मनिष लामिछाने, तिनथान घर भएका जयहरि केसी, धनकुटा घर भएका खगेन्द्र कार्की र ज्ञानेन्द्र थापा छन् । जुवा खालबाट प्रहरीले ५६ हजार नगद र ३ बुक तास बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*