प्रधानमन्त्री देउवा सुन्दरीजलस्थित बीपी संग्रहालय जाँदै

बाइलाइन नेपाल
१६ पुष २०७८, शुक्रबार १२:१५

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा सुन्दरीजलस्थित बीपी संग्रहालय जाने भएका छन्।

शुक्रबार अपरान्ह दिउँसो तीन बजे राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा देउवा बीपी संग्रहालय पुग्ने भएका हुन्।

प्रधानमन्त्री देउवा दिउँसो ३ बजे सुन्दरीजलस्थित बीपी संग्रहालय जाने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको हो। प्रधानमन्त्री देउवाले बिपी सङ्ग्रहालयमा बिपी, बिपी काेइराला, गणेशमान सिंह लगायतका नेताको शालिकमा माल्यार्पण गर्ने छन् ।

काँग्रेसका संस्थापक बीपी कोइराला २०३३ साल आजकै दिन अर्थात् पुस १६ गते मेलमिलाप नीतिका साथ भारत निर्वासनबाट स्वदेश फर्किएका थिए।

सोही दिनको सम्झनामा काँग्रेसले पुस १६ लाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ । काँग्रेस र उसकाे भ्रातृ संस्थाले आज देशभर विभिन्न कार्यक्रम गरि मेलमिलाप दिवस मनाउँदै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*