सुर्खेतमा ३ दिनमा लागुऔषधका ५ कारोबारी पक्राउ

बाइलाइन नेपाल
१५ पुष २०७८, बिहीबार १३:५१

प्रहरीले तीन दिनको अवधिमा लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । १२, १३ र १४ पुससम्म सूचनाका आधार लागुऔषधसहित पाँचजना पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । १४ पुसका दिन वीरेन्द्रनगर नगरपालिका–१० पदमपुरमा बाँके कोहलपुर नगरपालिका–५ का १८ वर्षीय ज्ञानु पौडेललाई लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकसहित १.७७ ग्राम, शुद्द १.५४ ग्रामसहित नियन्त्रणमा लिई अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बुधबार नै वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनामा लागुऔषधसहित बाँके नेपालगञ्ज उपमहानगरपालिका–१६ का २५ वर्षीया पूजा खनाललाई नाइट्रोभेट ७८ पिस ट्याब्लेट, कोरेयक्स ३.५ सिसि, ट्रामाडोल ३७ पिस ट्रयाब्लेट, अलफा जोलन ४० पिस ट्रयाब्लेटसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पुस १३ गते वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोकमा लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकसहित ४.२० ग्राम, शुद्व ३.४० ग्राम र क.प्र. ०२००१ प.९०१९ नम्बरको मोटरसाईकलसहित दुई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*