चन्द्रागिरी हिउँले ढाकियो

बाइलाइन नेपाल
१४ पुष २०७८, बुधबार ०९:१२

काठमाडौं उपत्यका आसपासका पहाडमा बुधबार हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँ परेको हो ।

चन्द्रगिरी डाँडामा बुधबार बिहानैदेखि हिउँ परेको छ । हिउँ खेल्न बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरुको बिहानैदेखि चन्द्रागिरी पुगेका छन् । पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरीलगायतका डाँडामा हिउँ परेको हो ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*