दुबईमा कमेडी च्याम्पियन शो हुने

बाइलाइन नेपाल
१३ पुष २०७८, मंगलवार ११:४५

अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर दुबईमा नेपाली कमेडी च्याम्पियन शो हुने भएको छ । कान्तिपुर होलिडेजको आयोजनामा ग्रिनलाई र फिस्टेल ट्राभल्सको प्रायोजनमा आउँदो डिसेम्बर ३१ मा कमेडी शो हुन लागेको हो।

कार्यक्रमको लागि नेपाली कमेडी च्याम्पियन सिजन १ र सिजन २ का चर्चित कलाकारहरु युएई आउने भएका हुन्।

कमेडी च्याम्पियन सिजन १ र २ का चर्चित कमेडियन क्रमशः हिमेश पन्त,सुमन कार्की,सुमन कोइराला भरतमणि पौडेल,विक्की अग्रवाल,सन्तोष थापा गायक शिव हमाल,गायिका समिक्षा अधिकारी,प्रशना पाण्डे,कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी लगायतका कलाकारहरु यूएई आउने आयोजकले बताएका छन्।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली कलाकार समाज युएई (इनास) को समेत सहकार्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*