विदेश जानेहरूका लागि यी अस्पतालबाट दिइन्छ कोरोना विरुद्धको खोप

बाइलाइन नेपाल
१२ पुष २०७८, सोमबार १३:१६
फाइल तस्वीर

सरकारले विदेश जानेहरूलाई कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन सुरु गरेको छ । काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएपछि पूर्ण हुने मन्त्रालयले जनाएको छ ।

उपत्यकामा वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट जोन्सन एण्ड जोन्सन खोप दिइरहेको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

खोप लगाउन जाँदा अनिवार्य रुपमा आफ्नो पासपोर्ट र भिसा लिएर जानुपर्ने अधिकारीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*