काठमाडौंको कागेश्वरी मनोहरा सडकमा युवती मृत फेला, हत्या आशंका

बाइलाइन नेपाल
१२ पुष २०७८, सोमबार १२:३६

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुगेका छन् । युवतीको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा फरेन्सिक चिकित्सक पनि गएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*