चालकलाई मापसेविरुद्धको सचेतनामूलक प्रशिक्षण दिँदै सुर्खेत ट्राफिक

बाइलाइन नेपाल
९ पुष २०७८, शुक्रबार ११:५४

सुर्खेत ट्राफिक प्रहरीले सवारी दुर्घटनाको प्रमुख कारण मापसे (मादक पदार्थ सेवन) भएको निष्कर्ष निकालेको छ । सवारी चालकहरूले मापसे गरेर सवारी साधन चलाउनाले धेरैजसो सवारी दुर्घटनाका घटनाहरु हुने गरेको हो । प्रहरीले मापसेका कारण दुर्घटना बढेको भन्दै मापसे विरुद्धको अभियान समेत सञ्चालन गरेको छ। जिल्ला ट्राफिक कार्यालयका प्रमुख उपेन्द्र आचार्यले बिहीबारदेखि मापसे विरुद्धको सचेतनामूलक कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

उनले भने, ‘हामीले मापसे प्रयोग गरेर कारबाहीमा परेका ३० जना चालकहरुलाई जरिवाना सहित प्रशिक्षण सुरु गरेका छौं । अहिले सवारी दुर्घटना हुने अधिकाँक घटना चालकहरूले मापसे गरेका कारण घट्ने गरेका छन् ।’ प्रहरीका अनुसार विगत तीन आर्थिक बर्षमा मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने एक हजार पाँच सय ५८ जनालाई जरिवाना गरिएको छ । यस्तै चालु आर्थिक बर्षको हालसम्मको अवधिमा २ सय पाँच जनालाई कारबाही गरिएको छ ।

सुर्खेतमा वितेका तिन बर्षमा १ सय २३ वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । उक्त, सवारी दुर्घटनामा परी ९१ जनाको मृत्यु भएको छ । चालु आर्थिक बर्षको हालसम्मको अवधिमा १४ वटा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भइसकेको ट्राफिक प्रमुख आचार्यले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*