हेटौंडामा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ सुरु

बाइलाइन नेपाल
८ पुष २०७८, बिहीबार १२:३३

बुधबारबाट हेटौंडामा ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’ सुरु भएको छ । हेटौंडाको हर्नामाडीस्थित श्री ज्योति माध्यमिक विद्यालयमा कार्याशाल सुरु भएको हो । श्री ज्योति माध्यमिक विद्यालयले आफ्नो ५५ औं विद्यालय दिवसको अवसर पारेर सुरु गरेको कार्यशाला पाँच दिनसम्म चल्नेछ । कार्यशालामा स्थानीय र राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुको सहभागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले बताए ।

कार्यशालामा स्थानीय कलाकारमा लक्ष्मण भुजेल, चिरञ्जीवी श्रेष्ठ, सुजन राई, करिश्मा जोशी सहभागी छन् भने मोरङबाट कुन्तीश्री थापा, निलम भुर्तेल, नम्रता सिंह, भक्तपुरबाट भुषण दुलाल, मुना भडेल, ललितपुरबाट तारा तामाङ, पृथ्वी श्रेष्ठ, काठमाडौंँ राजन पन्त, नुवाकोटबाट उद्धव रिमाल, रोशन भण्डारी, रौतहटबाट राजन काफ्ले र धनकुटाबाट लिम्बु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*