राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक बिहीबारदेखि
राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक बिहीबारदेखि सुरु हुँदैछ । महाधिवेशन लगत्तै बसेको केन्द्रीय कार्य समितिको पहिलो बैठकको निर्णय अनुसार बिहीबारदेखि विस्तारित बैठक बस्न लागेको हो ।
पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाको प्रदेश स्तरीय विस्तारित बैठक आज लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने भएको छ भने पुस १२ गते गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा हुने छ ।
अन्य प्रदेशको छिट्टै मिति घोषणा हुने र पुस महिनामा विस्तारित बैठक गरिसक्ने पार्टीको योजना छ । आज दाङमा हुने लुम्बिनी प्रदेशको विस्तारित बैठक र आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, महामन्त्रीद्वय डा धवल शमशेर राणा, भुवन पाठक लगायतका नेताहरू सहभागी हुनेछन् ।

बाइलाइन नेपाल











