एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत

बाइलाइन नेपाल
७ पुष २०७८, बुधबार १४:५१

प्रतिनिधिसभाबाट प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजी र अवरोधका बीच ४ अध्यादेश स्वीकृत भएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत भएको हो ।

एमालेको चर्को नाराबाजीका बीच सभामुखले यी अध्यादेश अघि बढाएका हुन् । यी अध्यादेशहरूलाई अस्वीकार गरियोस सांसद प्रेम सुवालको सूचना बैठकले अस्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस १८ गते दिनको १ बजे बस्नेगरी स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*