एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट २ वटा अध्यादेश स्वीकृत

बाइलाइन नेपाल
६ पुष २०७८, मंगलवार १४:४४

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्का नाराबाजी बीच प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा २ वटा अध्यादेश स्वीकृत गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्विकृत गरिएको हो ।

बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमत अस्विकार भएको थियो । सो अध्यादेश स्विकृत भएपछि प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*