गण्डकीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १५४ नामा गरिएको नमूना परिक्षणमा २२ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ९ महिला र १३ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार कास्की १०, बागलुङ ५, स्याङजा ४, म्याग्दी १ र तनहुँमा २ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार २८३ पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२५ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ७०९ पुगेको छ भने होम आइसोलेसनमा १२१ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको सङ्ख्या १४९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

बाइलाइन नेपाल











