देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित

२४ घण्टामा २२० जनामा संक्रमण पुष्टि
बाइलाइन नेपाल
५ पुष २०७८, सोमबार १६:३४

देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार १५५ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५७४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार १४१ जनामा कोरोना परीक्षण भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*