दोस्रो टेस्टमा अस्ट्रेलिया २ सय ७५ रनले विजयी

बाइलाइन नेपाल
५ पुष २०७८, सोमबार १६:२६

एसेज टेस्ट शृङ्खलाको दोस्रो टेस्टमा अस्ट्रेलिया २ सय ७५ रनको विशाल अन्तरले विजयी बनेको छ । ४ सय ६८ रनको लक्ष्य पाएको इंग्ल्याण्ड दोस्रो पारीमा १ सय ९२ रनमा सीमित बन्न पुगेको हो । जीतसँगै अस्ट्रेलियाले शृङ्खलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा अस्ट्रेलियाले ९ विकेटको जीत हासिल गरेको थियो ।

इंग्ल्याण्डलाई सस्तोमा समेट्न जायल रिचर्डसनले ५ विकेट लिए भने मिचेल स्टार्क र नाथन लियोनले २–२ विकेट लिए । इंग्ल्याण्डका लागि क्रिस वोक्सले सर्वाधिक ४४ रन बनाए भने रोरी बर्नसले ३४ रनको योगदान दिए । जोस बटलरले २६ रन बनाउँदा कप्तान जो रुटले २४ रन बनाए ।

अस्ट्रेलियाको पहिलो पारीमा शतक र दोस्रो पारीमा अर्धशतक बनाएका मार्नस लाबुसेन प्लेयर अफ द म्याच घोषित भए । अस्ट्रेलियाले पहिलो पारीमा ९ विकेटको क्षतिमा ४ सय ७३ रन बनाएको थियो भने दोस्रो पारीमा २३० रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो । इंग्ल्याण्ड पहिलो पारीमा २ सय ३६ रनमा अलआउट भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*