विवेकशील साझाले भन्यो–संयोजक पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो हो

बाइलाइन नेपाल
५ पुष २०७८, सोमबार १३:१६

विवेकशील साझा पार्टीले पार्टीका संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको कुरा साँचो भएको बताएको छ । सो पार्टीले पाण्डेबाहेक अन्य कुनै पनि नेतालाई स्पष्टीकरण सोध्ने या कारबाही गर्ने कार्य नगरेको पनि स्पस्ट पारेको छ । केही नेताहरूको आन्तरिक रूपमा पार्टीमा भूमिका परिवर्तन गर्न लागिएपनि त्यसलाई कारबाही भन्न नमिल्ने विवेकशीलको दावी छ ।

‘विवेकशील साझा पार्टीले पार्टीका संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो हो’पार्टी प्रवक्ता शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन् । त्यस्तै विज्ञप्तिमा पार्टीको बागमती प्रदेशका सह–संयोजकले राजीनामा दिएको तर मिडियाहरूमा आएजस्तो बागमती प्रदेश समिति भङ्ग नभएको उल्लेख छ ।

त्यसैगरी विवेकशीलले निर्वाचन आयोगले पार्टीसँग कुनै स्पष्टीकरण पनि नसोधेको जनाएको छ । ‘निर्वाचन आयोगले केही विषयमा ‘प्रतिक्रिया’ मागेको हो, जुन पार्टीले बुझाइसकेको छ’, प्रवक्ता पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यसैगरी पार्टी संयोजक मिलन पाण्डेले केन्द्रीय समितिका दुई जना सदस्यको असहमति संलग्न गरी दिएको उजुरीको कुनै कानुनी औचित्य नरहेको समेत जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*