चल्दै गरेको ट्रकमा आगलागी

बाइलाइन नेपाल
४ पुष २०७८, आईतवार १३:४५

दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्दाचल्दै आगलागी भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ ।

आगो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘आगलागीका कारण टायरमा क्षति पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने,‘ट्रकमा कुनै क्षति भएको छैन ।’ ट्रकको पछाडिको टाएरमा आगलागी भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*