हेटौंडाबाट सुरु भयो मोर्डना खोप अभियान, मन्त्री खतिवडाले गरे उद्घाटन

बाइलाइन नेपाल
४ पुष २०७८, आईतवार १३:१२

बागमती प्रदेशको राजधानी हेटौंडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो ।

नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् । मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक छात्र संगम खत्री र एक छात्रा विनिताकुमारीलाई खोप लगाएर देशभर मोर्डना खोप अभियान सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*