पोखराको एक घरमा आगलागी

बाइलाइन नेपाल
३ पुष २०७८, शनिबार १४:४३

पोखरामा एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदनमार्गको घरमा आगलागी भएको हो । अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ ।

आगलागीपछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*