वैवाहिक समारोहमा जान लागेको बस दुर्घटना हुँदा पाकिस्तानमा ९ जनाको मृत्यु, कैयौँ घाइते

बाइलाइन नेपाल
३ पुष २०७८, शनिबार १३:५९

यहाँको एक वैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । शुक्रबार राति पञ्जाब प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो ।

विवाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो । यसमा परेर घाइते भएकाहरुको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने पनि प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*