उम्मेदवारी फिर्ता लिने काँग्रेस नेताको सोधीखोजी : मेरो १० हजार के हुन्छ ?

बाइलाइन नेपाल
२६ मंसिर २०७८, आईतवार ११:३४

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकाहरु मध्ये आइतबार ११ बजेसम्म २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा नेता मीन विश्वकर्मा समेत रहेका छन् । उम्मेदवारी फिर्ता लिनेमध्ये केही उम्मेदवार आफूले यसअघि बुझाएको रकम के हुन्छ भन्दै सोधीखोजी गर्दै थिए । अल्पसंख्या (खुल्ला) तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका महेश कुमार कोमोचा (सुनुवार) ले उम्मेदवारी फिर्ता लिएपछि रकम भने फिर्ता नपाइएको बताए ।

उनी उम्मेदवारी फिर्ता लिएपछि आफूले बुझाएको १० हजार फिर्ता हुन्छ कि भनेर सोध्दै निर्वाचन समितिकहाँ पुगेका थिए । जवाफमा निर्वाचन समितिले रकम फिर्ता नहुने जानकारी गरायो । रकम फिर्ता नहुने भएसँगै उनले १० हजार गुमाएर उम्मेदवारी पनि फिर्ता लिएका छन् । काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ताका लागि १० हजार शुल्क तोकिएको छ ।

काँग्रेसको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी फिर्ताको लागि साढे १२ बजेसम्मको समय तोकिएको छ भने त्यसपछि निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची प्रकाशित गर्नेछ । समितिले प्रारम्भिक सूची प्रकाशित गर्दा भने ५४८ जनाले मनोनयन दर्ता गराएको उल्लेख थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*