पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पाण्डे
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पुनः यमप्रसाद पाण्डे विजयी भएका छन् । नयाँ नेतृत्वका लागि शनिबार भएको मतदानको आइतबार बिहान सार्वजनिक मत परिमाण अनुसार पाण्डेले अध्यक्षका अर्का उम्मेदवार टीकाराम गौतमलाई ६१ मतले पराजित गरेका हुन् ।
अध्यक्षमा विजयी पाण्डेले ४५८ मत र गौतमले ३९७ मत प्राप्त गरे । निर्वाचनमा ८६५ मत खसेको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा ४७८ मतसहित प्रतापबहादुर कार्की विजयी भएका छन् । उनका प्रतिस्पर्धी कमल घिमिरेले ३७८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षतर्फ खुल्लामा ४६२ मतसहित खगराज गौतम, रुपन्देहीमा ५०९ मत सहित गणेश घिमिरे र ४४६ मतसहित लक्ष्मण गैरे, नवलपरासीमा ५०८ मत सहित गुप्तबहादुर केसी, नवलपुरमा ४६३ मतसहित पर्शुराम भण्डारी, काठमाडौंमा ४३२ मतसहित रमेशकुमार फौजदार, गुल्मी÷पाल्पा÷स्याङ्जामा ४६८ मतसहित कृष्ण ठकुरी, कपिलबस्तु÷अर्घाखाँचीमा ४६० मतसहित चेतबहादुर थापा विजयी भएका छन् ।
त्यस्तै महासचिवमा ४६६ मतसहित हरिप्रसाद कँडेल, सचिवमा ४३० मतसहित अर्जुनकुमार भुसाल र कोषाध्यक्ष पदमा ४९८ मत हित हरिप्रसाद रिमाल विजयी भएका छन् ।
समितिको १० कार्यसमिति सदस्य पदमा अर्जुनबहादुर कुँवर, अशोक कुँवर, उज्वल केसी, कृष्णबहादुर कँडेल, कृष्णबहादुर रानाभाट, गोपाल लम्साल, यमबहादुर जिसी, शंकरप्रसाद लम्साल, शोभाकान्त पाण्डे र ज्ञानेन्द्रबहादुर रेश्मी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत महेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । बुटवलमा प्रधान कार्यालय रहेको समितिमा १ हजार २० जना ट्रक व्यवसायी संलग्न छन् ।

बाइलाइन नेपाल











