बालकृष्ण खाणले भने– देउवाको प्रस्तावक बन्न आएको हुँ

बाइलाइन नेपाल
२५ मंसिर २०७८, शनिबार १७:०४

गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले आफू शेरबहादुर देउवाको प्रस्तावक बन्न आएको बताएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको राष्ट्रिय सभागृहमा आएका खाणले आफू सभापति देउवाको प्रस्तावक बन्न आएको बताएका हुन् ।

उनले भने, ‘सम्माननीय शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ, म उहाँको प्रस्तावक बन्न आएको हुँ ।’

उनले आफू संस्थापन पक्षमै रहेको भन्दै पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताए । यसअघि महामन्त्रीमा उम्मेदवारी दिने बताएका खाणले टीम म्यानेज गर्ने सन्दर्भमा आफू उक्त निर्णयबाट पछि हटेको बताए ।

उनले भने, ‘सभापति पदमा देउवाले निरन्तरता प्राप्त गर्नु महत्वपूर्ण हो, म कुन पदमा उम्मेदवार हुने भन्ने गौण हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*