सुजाता कोइरालाले गरिन् उपसभापतिका लागि उम्मेदवारी दर्ता

बाइलाइन नेपाल
२५ मंसिर २०७८, शनिबार १६:०९

काँग्रेस नेत्री सुजाता कोइरालाले उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् । नेत्री कोइरालाले केही बेरअघि उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।

कोइराला आजै प्रकाशमान सिंहको प्यानलमा खुलेकी थिइन् । कोइरालाले उम्मेदवारी दर्ता गर्नुअघि सिंहले पनि सभापतिको पदका लागि उम्मेदवारी दर्ता गरेका थिए । उनीहरु बाजागाजासहित उम्मेदवारी दर्ता गर्न महाधिवेशनस्थलमा पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*