बालिका बलात्कार गरेको आरोपमा ६० वर्षका पुरुष पक्राउ

बाइलाइन नेपाल
२४ मंसिर २०७८, शुक्रबार १३:०६

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट प्रहरीले ६० वर्षका पुरुषलाई पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुराक पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*