नाडाको मतदान प्रक्रिया सकियो, २ हजार ८ सय भोट खस्यो

बाइलाइन नेपाल
२३ मंसिर २०७८, बिहीबार १७:१२

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको नेतृत्व चयनको मतदान प्रक्रिया सम्पन्न भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ३ बजेर १० मिनेटमा सम्पन्न भएको हो ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार कुल तीन हजार १०० मतमा २८ सय प्रतिनिधिहरूले भोट खसालेका छन् । कुल भोटिङ सदस्य सङ्ख्या तीन हजार १८७ रहे पनि तीन हजार १०० जनाले भोटिङ कार्ड लिएको सो मध्ये पनि २ हजार ८०० जनाले मात्र भोट हालेको नाडाका वर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । बाँकी ३०० जना भोटिङ प्रक्रियामा नै सहभागी भएनन् ।

४ बजेर १० मिनेट जाँदा भोटिङ प्रक्रिया सकिए लगत्तै नाडाको निर्वाचन समितिले अहिले मतगणना गर्ने कार्य सुरु गर्न लागेको छ । अध्यक्षका प्रत्यासी करण चौधरी र ध्रुव थापाको दुई प्यानलबाट कुल १८ पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*