शीर्ष स्थानमा रियलको पकड बलियो

एजेन्सी
१६ मंसिर २०७८, बिहीबार ०८:१०

एथ्लेटिक बिल्बाओलाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । खेलमा करिम बेन्जेमाले गरेको एक मात्र गोल निर्णायक बन्यो । जीतसँगै रियलले शीर्ष स्थानमा ७ अङ्कको अग्रता बनाएको छ ।

फ्रेन्च स्ट्राइकरले पहिलो हाफको अन्त्यतिर लुका मोड्रिचको प्रहारलाई गोलमा परिणत गरेका थिए । यो सिजन सबै प्रतियोगितामा उनको यो १७ औँ गोल थियो । ला लिगामा १२ गोल गर्दै यो सिजन उनी सर्वाधिक गोलकर्ता रहेका छन् ।

बेन्जेमाले सन् २०२१ मा सबै प्रतियोगितामा ४६ खेलमा ३५ गोल गरेका छन् । एउटै वर्ष रियलका लागि सर्वाधिक गोल गरेको आफ्नो रेकर्डलाई उनले बराबरी गरेका छन् । उनले सन् २०१९ मा पनि क्लबका लागि ३५ गोल गरेका थिए । पाहुना टोलीले गोलका लागि प्रयास गरे पनि त्यो सफल हुन सकेन । पछिल्ला ६ खेलमा जीतविहीन रहँदै टोली आठौँ स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*