आज देशैभर पालिका सम्मेलन गर्दै माओवादी केन्द्र

बाइलाइन नेपाल
११ मंसिर २०७८, शनिबार ०७:४२

नेकपा माओवादी केन्द्रले शनिवार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समिति समेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।

पालिका सम्मेलनलाई शनिवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । शनिवार दिउँसो अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका छन् ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिवारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधि समेत चयन गर्नेछ । यी मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*