माओवादी केन्द्र थाहाको सम्मेलन शनिबार, पोखरेल आउने

बाइलाइन नेपाल
८ मंसिर २०७८, बुधबार ०७:३९

थाहा । नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिको प्रथम नगर सम्मेलनको उद्घाटनका लागि माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा उपत्यका  विशेष प्रदेश इन्चार्ज लिलामणि पोखरेल थाहा नगर आउने भएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम अन्तरगत २०७८ मंसिर ११ गते हुने देशभरका ७ सय ५३ स्थानीय तहको सम्मेलन अन्तरगत थाहा नगर सम्मेलनको प्रमुख अतिथिको रुपमा पोखरेल थाहा नगरपालिका आउन लाग्नुभएको हो ।

थाहा नगरको जेसीज हलमा हुने सम्मेलनको तयारी भइरहेको नगर अध्यक्ष अरुण रायमाझीले बताए । सम्मेलनले आगामी दुई बर्षको लागि ६५ सदस्यीय नेतृत्व चयन गर्नेछ । सम्मेलनले ५९ सदस्यीय नगर कमिटिको निर्वाचन गर्नेछ भने थप ६ जना सदस्य नगर कमिटिले मनोनित गर्नेछ ।

सम्मेलनमा समाबेशी किसिमले वडाहरुबाट प्रतिनिधि २ सय जना, नगर सम्मेलन आयोजक कमिटी ८१ जना गरि २ सय ८१ जना प्रतिनिधि र ६० जना पर्यवेक्षकको सहभागी हुने नगर अध्यक्ष रायमाझीले बताए ।

माओवादी केन्द्रको विधानमा हरेक कमिटिमा महिला ३५ प्रतिशत, दलित १५ प्रतिशत र युवा २० प्रतिशत सहभागिता अनिवार्य गरेको छ । पार्टीको बिधान अनुसार नगर कमिटी गठन हुने थाहा नगर इन्चार्ज लक्ष्मण बिष्टले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*