शिक्षामन्त्री पौडेलले सार्वजनिक गरे शैक्षिक सुधारका कार्यक्रम

बाइलाइन नेपाल
७ मंसिर २०७८, मंगलवार २०:०१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक सुधार गर्ने ३० बुँदे कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले विधार्थीलाई कोभिड– १९ विरुद्धको खोपको व्यवस्था गरिने प्रतिबद्धता जनाए ।

सबै पालिका र प्रदेशलाई साक्षर घोषणा गर्ने र सिक्दै कमाउँदै कार्यक्रमलाई कार्यान्वयन गर्ने उनले सार्वजनिक गरेको कार्यक्रममा उल्लेख छ ।

‘संघीय शिक्षा ऐन ल्याउन विधेयकलाई अगाडि बढाउँछौं,’ उनले भने, ‘उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ ।’ मन्त्री पौडेलले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलाई कार्यान्वयन गर्ने बताए ।

मन्त्री पौडेलले कक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाइ गुणस्तरीय एवं रङ्गिन बनाउने, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालन गर्ने, स्थायी शिक्षक पदपूर्तिको लागि विज्ञापन प्रकृया अगाडि बढाउनेलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*