बेलेरोको ठक्करले कैलाशका रिजाल हेटौंडामा ठहरै
हेटौंडा । हेटौंडा–९ हनुमानगेट नजिक बोलेरो गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ११९३ नम्बरको बलेरो गाडीले विपरित दिशाबाट गइरहेको ना ३४ प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बोलेरोले ठक्कर दिंदा मोटरसाइकल चालक मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका करिब २४ बर्षीय अबिरल रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दूर्घटनामा घाइते भएका उनलाई हेटौंडा अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

बाइलाइन नेपाल











