भोली नेपाल बन्द भन्दै माओवादीले निकाल्यो मसाल जुलुस

बाइलाइन नेपाल
२९ कार्तिक २०७८, सोमबार १९:०२

पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द (‘विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्दको पूर्वसन्ध्यामा देशका विभिन्न स्थानमा मसाल जुलुस निकालेका छन् ।

कात्तिक २५ देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको विप्लव नेकपाका कार्यकर्ताले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा मसाल जुलुस निकालेका हुन् ।

कात्तिक २५ देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको विप्लव नेकपाका कार्यकर्ताले वाग्मती पञ्देशको राजधानी हेटौंडा, काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा मसाल जुलुस निकालेका हुन् ।

सोमबार साँझ विप्लव निकट माओवादी मकवानपुरले हेटौंडाको सीमाचोकमा विरोध प्रदर्शन गर्दै मसाल जुलुस गरेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग गर्दै भोली हुने नेपाल बन्द सफल पार्न मसाल जुलुस निकालेको जनाएका छन ।

मसाल जुलुसमा ‘मूल्यवृद्धि खारेज गर, बढदो महङ्गी बन्द गर, कालो बजारी अन्य गर, ३ बुँदे सहमति कार्यन्यन गर, बन्दीहरु रिहा गर, नेपाल कम्युनिष्ट पाटी जिन्दवाद, दलाल पुँजीवाद व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, भोलि कात्तिक ३० गतेको नेपाल बन्द सफल पारौ’ लगायतका नाराहरु लगाएका थिए ।

विप्लव मकवानपुरले बन्द सफल पार्न विद्यालय, पसल, उद्योग,सवारीहरु बन्द गरेर सहयोग गर्न अनुरोध गरेको छ । साथै अत्यावशेक सेवा तथा सवारी भने चल्न पाउने जनाइएको छ । एम्बुलेन्स, दुधको गाडी, संचारमाध्यमका सवारीसाधनलगायतका सेवा सुचारु रहने जनाइएको छ ।

मूल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भन्दै नेकपाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसक्ने भन्दै विप्लव नेकपाले विरोध गरेको छ । उसले मुल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरेको छ । नेपाल बन्दमा अत्यावसेक सेवा बाहेक अरु सबै बन्द हुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*