क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग सोध्यो स्पष्टीकरण

बाइलाइन नेपाल
२९ कार्तिक २०७८, सोमबार १७:११

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई स्पष्टिकरण सोधेको छ ।

कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टिकरण सोधिएको क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

“चार खेलाडीले मिडियामा गएर बोल्नु भएको थियो । त्यस विषयमा के कस्तो कारणले मिडियामा गएर बोल्नु परेको हो भनेर क्यानले सोधेको छ,” मल्लले भने, “पत्र पाएको ६ दिनभित्र जवाफ पठाउनू भनेको छौं । उहाँहरुले कस्तो जवाफ दिनु हुन्छ त्यो हेरेर हामी अर्को निर्णय गर्नेछौं ।”

खेलाडी बर्गीकरणका विषयमा कप्तान ज्ञानेन्द्रसहित चार जनाले एक अनलाइन सञ्चार माध्यममा भिडियो अन्तवार्ता दिएर असन्तुष्टि जनाएका थिए । उनीहरुले अभिभावक संस्था क्यानले विभेद गरेको आरोप लगाएका थिए ।

त्यही विषयलाई विषयलाई कारण देखाउँदै क्यानले खेलाडीलाई स्पष्टिकरण सोधेको हो । क्यानले अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि खेलाडी वर्गिकरण गरेको थियो । त्यसमा खेलाडीले असन्तुष्टि जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*