नेपालमा ४१६ कोरोना संक्रमित थपिदा २७० जना घर फर्किए

बाइलाइन नेपाल
२९ कार्तिक २०७८, सोमबार १७:०२

पछिल्लो २४ घण्टामा देशभर ४१६ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ४०२ वटा नमुनाको परीक्षण गर्दा ४१६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ ।

त्यस्तै आज २७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*