टी–२० विश्वकपको उत्कृष्ट ११ मा एक पनि भारतीय खेलाडी परेनन्

बाइलाइन नेपाल
२९ कार्तिक २०७८, सोमबार १६:५५

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले टी–२० विश्वकपको उत्कृष्ट–११ को घोषणा गरेको छ । यसमा भारतका एक जना पनि खेलाडी पर्न सकेनन् ।

आईसीसीले पाकिस्तानका कप्तान बाबर आजमलाई आफ्नो टोलीको कप्तान बनाएको छ । पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्‍याउन आजमले महत्त्वपूर्ण भूमिका निभाएका थिए । प्रतियोगितामा उनले नै सबैभन्दा बढी रन बनाए । ६ खेलमा उनले ६०.६० को औसत र १२६.२५ को स्ट्राइक रेटसँगै कूल ३ सय ३ रन बनाए । यसमध्ये चार खेलमा उनले ५० भन्दा बढी रन बनाए ।

उत्कृष्ट–११ मा डेभिड वार्नर (अस्ट्रेलिया), जोस बटलर (इंग्ल्याण्ड), बाबर आजम (पाकिस्तान/कप्तान), चरित असलंका (श्रीलंका), एइडन मार्क्रम (दक्षिण अफ्रिका), मोइन अली (इंग्ल्याण्ड), वाइनिन्डु हसरंगा (श्रीलंका), एडम जाम्पा (अस्ट्रेलया), जस हेजलवुड (अस्ट्रेलिया), ट्रन्ट बोल्ट (न्युजिल्याण्ड) र एनरिच नोर्त्या (दक्षिण अफ्रिका) रहेका छन् । यसमा पाकिस्तान शाहिन शाह अफ्रिदी १२ औँ खेलाडी चयन भए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*