मुस्ताङमा गयो हिउँ पहिरो क्षतिको विवरणआउन बाँकी
मुस्ताङमा हिउँ पहिरो गएको छ। सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिकामा हिउँ पहिरो गएको हो।
आज बिहान करिब ११ बजेर ४० मिनेटमा धौलागिरि हिमालको रेन्जबाट हिउँ पहिरो गएको हो।
‘धौलागिरिकै रेन्जबाट हिउँ पहिरो आएको छ। भाग्दा लडेर केही मानिस घाइते छन्,’ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘प्रहरी घटनास्थल पुगिसकेको छ।’
पाँच/छ जना सामान्य घाइते छन्। उनीहरूलाई उपचारका लागि जोमसोम लैजाने तयारी छ। हिउँ पहिरो आएको देखेपछि भाग्दा लडेर उनीहरू घाइते भएका हुन्।
उनकाअनुसार हिउँ पहिरो गएको क्षेत्र चरन क्षेत्र हो। यहाँ चौरीलगायत केही हिउँ पहिरोमा परेको हुनसक्ने अनुमान छ।

बाइलाइन नेपाल











